फोटो फिचर

वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

तस्बिरः प्रसन गुरुङ/नागरिक

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।

तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाइ भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ। बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ।

आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ। आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ।

प्रकाशित: २७ श्रावण २०७९ ०७:४८ शुक्रबार

गाईजात्रा पर्व कोरोना भाइरसको महामारी