फोटो फिचर

सप्तकोशी नदी बस्तीमा पसेपछि (फोटोफिचर)

उदयपुरको बेलका नगरपालिका -८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ। नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन्। कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो।  

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो। योसँगै बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन्। केही घर कोशीले डुबाएको छ। नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ।

प्रकाशित: १८ श्रावण २०७९ ०४:०२ बुधबार

सप्तकोशी नदी