फोटो फिचर

साउनको दोस्रो सोमबार तीर्थयात्रीहरू पशुपतिनाथ मन्दिरमा (फोटोफिचर)

तस्बिर: प्रसन गुरुङ/नागिरक

साउन महिनाको आज दोस्रो (सोमबार), पशुपतिनाथ मन्दिरका शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ। पहेँलो बस्त्र धारण गरेका बोलबम हिन्दू तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरका शिवालयमा जल चढाउन आएका छन्।

हिन्दू पवित्र महिना श्रावण सोमबार भगवान शिवको पूजाको रूपमा पवित्र स्नान गर्छन्। तीर्थयात्रीहरू खालि खुट्टा सुन्दरीजलमा पवित्र जल संकलन गरी पशुपतिनाथ मन्दिर फर्कने गर्छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ। सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ।

यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। यस्तै साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथसहित देशका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

तीर्थयात्रीहरू पशुपतिनाथ मन्दिरमा

प्रकाशित: ९ श्रावण २०७९ ०६:५७ सोमबार

साउन महिनाको आज दोस्रो सोमबार