फोटो फिचर

अर्थमन्त्री शर्माविरुद्ध युथ कांग्रेस नेपालले गरेको प्रदर्शनमा प्रहरी हस्तछेप (फाेटाेफिचर)

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै युथ कांग्रेस नेपालले गरेको प्रदर्शनमा प्रहरीले हस्तछेप गरेको छ। प्रहरीले उनीहरुलाई धरपकड गरेर नियन्त्रणमा लिएको हाे।

आर्थिक वर्ष २०७/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएको भन्दै  शर्मालाई बर्खास्त गर्न माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्रदर्शन गरेका थिए।

अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्फी आलोचना भएको छ। फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्।

प्रकाशित: २२ असार २०७९ ०७:५९ बुधबार