काठमाडाैं-छठ पर्व विधिवत सम्पन्न भएको छ। बुधबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएसंगै छठ पर्वको समापन भएको हो। चार दिनसम्म मनाइएको छठको तेस्रो दिन मंगलबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको थियो।
बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको हो। अस्ताउँदो सूर्यको पूजा सकिएपछि वर्त बसेका महिलाले वर्त तोड्ने प्रचलन छ।
काठमाडाैंको पशुपतिनाथ मन्दिर परिसर अगाडी बागमती नदी किनारमा बुधबार बिहान उदाउँदो सूर्यको पूजा गर्न महिलाहरू जुटेका थिए।
तस्विरहरूः
सबै तस्विरः दिनेश गोले