फोटो फिचर

राजधानीवासीले लाइन बसेर दाउरा किने

काठमाडौँ- ग्यासको अभावमा चुलो बाल्न नपाएका काठमाडौँ उपत्यकावासीले आइतबार लाइन बसेर दाउरा किने। टिम्बर कर्पोरेसनले आइतबार बिहान ८ बजेदेखि पशुपति डिपोमा दाउरा विक्रि गरेको थियो। उपभोक्ताले नचिरेको दाउरा प्रतिकिलो रु १५ र चिरेको दाउरा थप तीन रुपैयाँ थपेर किनेका थिए।


बिक्रीका लागि बाराबाट हाल एक लाख १० हजार किलो दाउरा ल्याइएको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ। भारतीय नाकाबन्दीका कारण राजधानी लगायत देशमा इन्धनको चरम अभाव देखिएको छ। हेर्नुहोस् नागरिकन्युजकर्मी केशव थोकरले आफ्नो क्यामेरामा कैद गरेका केहि तस्बिरहरु:

दाउरा किनेर फर्कँदै गरेका सर्वसाधारण ।

दाउरा छान्दै सर्वसाधारण ।

दाउरा चिर्दै ।

दाउरा किन्न लाइन बसेका सर्वसाधारण।

विक्रीको लागि दाउरा चिर्दै।

दाउरा विक्रीको पैसा बुझ्दै।