फोटो फिचर

विजुक्छें पत्नी शाेभाकाे शव अन्त्येष्टिका लागि हनुमानघाट लगिदैँ (फाेटाेफिचर)

विजुक्छें पत्नी शाेभाकाे शव अन्त्येष्टिका लागि हनुमानघाट लगिदैँ। तस्बिर: उपेन्द्र/लामिछाने नागरिक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंकी जीवन संगिनी दिवंगत शोभा प्रधानको आज अन्त्येष्टि गरिँदै छ।

अन्त्येष्टिका लागि उनकाे शव भक्तपुरकाे सिद्धपाेखरीबाट भक्तपुर नगर परिक्रमा गरी हनुमाघाटमा अन्त्येष्टि गरिने छ। 

शवयात्रा नगरको दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाट पुगेर पुनः महिला संघको तर्फबाट श्रद्धाञ्जली अर्पण गरिने छ। 

रूट व्यवस्थापनको लागि युवा–विद्यार्थीको स्वयम्सेवकहरूको व्यवस्था गरिएको जनाइएको छ।

२३ वर्षअघि स्तन क्यान्सर भइ पूर्णरूपमा निको भएकी स्वर्गीय शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन्। 

नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उनको असार ८ गते दिनको ३ः४५ बजे निधन भएको थियो।

प्रकाशित: १० असार २०७९ ०८:४५ शुक्रबार