फोटो फिचर

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै (फोटोफिचर)

बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा फाइजर खोप लगाउँदै ५-१२ वर्ष मूनिका विद्यार्थीहरू। तस्बरि: प्रसन गुरुङ/नागरिक

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिन सुरू गरिएकाे छ। बिहीबार बसन्तपुरको शान्ति निकुञ्ज विद्यालयमा ५-१२ वर्ष मूनिका विद्यार्थीहरू फाइजर खोप लगाइएकाे छ।

बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ। यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ।

 

 

प्रकाशित: ९ असार २०७९ ०८:१३ बिहीबार