फोटो फिचर

जुम्लामा व्यापक हिमपात, जनजीवन प्रभावित (फाेटाेफिचर)

जुम्ला–झण्डै एक दशकपछि जुम्लामा कात्तिक महिनामा व्यापक हिमपात भएको छ। यसअघि २०५९ कात्तिक २८ गते हिमपात भएको थियो। त्यसपछि निरन्तर मंसिर महिनादेखि हिमपात भइरहेकोमा यो वर्ष पुनः कातिक महिनाको दोस्रो हप्ता भित्रै हिमपात भएको हो।

हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण सदरमुकाम खलंगामा पानी परेपनि जिल्लाको डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर, वुम्रामाडिचौर, वोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती गाविस लगायतका गाविसमा बाक्लो हिमपात भएको छ।

पट्मारा गाविस १ का रामसरी थापाका अनुसार खाली भन्ने स्थानमा झण्डै एक फिट हिउ जमेको छ। डाफे, चेरे,चुरी लेकलगायतका स्थानमा झण्डै डेडफिटसम्म हिउ परेको जनाइएको छ। कातिकमै हिउले डाडाँकाडाहरु ढपक्कै ढाकिएका छन्। आफू जन्मेदेखि कातिक महिनामा हिउँ नपरेको सुनाउँदै रामसरीले भनिन्,' समयमै हिउँ नपर्ने र वर्षा पनि नहुने समस्य देखिएको छ।' यो हिउँले किसानलाई रामै्र फाइदा गरेपनि चिसो अत्याधिक बढेका कारण बालबालिका र वृद्धवृद्धा भने प्रभावित भएका छन्।

हिमपातले विद्युत, टेलिफोनलगायत प्रभावित भएको छ। सदरमुकामका विद्युतको पोल ढलेका छन। बुधबारदेखि हिमपात सुरु भएकोमा विहानदेखि हिउँ पर्न छोडेपनि वादल लागेर चिसो बढेको छ।

वादल लागेका कारण यहाँका सोलारवाट चलेका स्थानीय सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा आगो तापेर कार्यालय खोलेका छन्। सेवाग्राहीको न्युन उपस्थिति रहेको थियो। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीय बताउँछन। हिमपातका कारण पट्माराको खालि भन्ने स्थानमा दुई वटा घोडा मरेका छन्। चिसोका कारण घोडा मरेको स्थानीयले जानकारी दिए।

हिमपातले यहाँका विद्यालय वन्द भएका छन्। यहाँ चल्ने हवाइजहाज बन्द भएका छन्। सदरमुकाम आसपासको जंगलमा झण्डै आधा फिट हिउँ परेको छ। यहाँका मानिसहरु घरमा आगो बालेर बसेका छन्। हिमपातले सबै भन्दा जिल्लाको उच्च भेगको जनजीबन झन कष्टकर बनेको हो। पशुचौपायालाई चराउनका किठन भएको छ। हिमपातका कारण सदरमुकाममा रहेका पसल बन्द हुने अवस्थामा छन्।

कर्णाली राजमार्गमा सवारी साधन चल्न सकेका छैनन भने हवाई सेवा समेत ठप्प भएको छ। गाउँ घरतिर गाईवस्तुलाई दाना र पानी खुवाउनकै लागि समस्य भइरहेको वुम्रामाडिचौर गाविसका जयपति वुढाले जानकारी दिए। उनका अनुसार हिमपातका कारउण घास काट्ने र सिमी वाली भित्रयाउने र आलु लगाउने काम प्रभावित भएको हो। आकाशमा वादल लागेकोले अझै हिउ पर्न सक्ने वुढापाकाहरुको अनुमान छ। हिमपातले कृषि क्षेत्रमा भने फाइदा पुरयाएको कृषि कार्यालय बताउँदै आएको छ।

हिमपातका कारण जडिवुटी संकलन गर्न र दाउरा र स्याउलाको जोहो गर्न समस्य परेको मालिकाठाटाँ गाविसका जीवन वुढाले जानकारी दिए । यहाँका पर्यैटकिय स्थल अवलोकनका लागि हिडेका पर्यटकलाई हिमपातले निकै असर पुर्याएको छ।

सबै तस्बिर: डिवी वुढा