काठमाडाैं–अाठ बर्षको रस्साकस्सीपछि जननिर्वाचित संबिधान सभाले अाज नयाँ संबिधानको घोषणा गर्दैछ। नेपालको यो एेतिहासक दिनलाई विश्व समुदायले नियालिरहेको छ। देशभर नयाँ संबिधानको स्वागतमा उत्सव, र्याली, दीपावली गरिदैछ।
थारू समुदाय, तराइ–मधेश केन्द्रति दलको तीब्र असन्तोषकाबीच संबिधान घोषणा हुन लागेको छ।जनताका प्रतिनिधिहरुले बनाएको संविधान अाजदेखि लागू हुँदैछ। साँझ ५ बजे हुने औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको अाैपचारिक घोषणा गर्नेछन्।
नागरिककर्मी टेकनारायण भट्टराईले संबिधान घोषणा हुने दिन अाइतबारको बिहान राजधानीबाट सूर्योदय पच्छ्याएका छन्। हेराैं तस्विरमा अाइतबारको सूर्योदय दृश्यः
अाइतबार बिहान देखिएको मनोहरा खोला र सूर्योदय।
अाइतबार बिहान मर्निङ वाल्क गर्दै एक किशोर।
काैशलटार नजिकै सडकमा हिडेका यात्रु।
अाइतबार बिहान नयाँ बानेश्वरस्थित संबिधान सभा अगाडीको दृश्य।
अाइतबार बिहान नयाँ बानेश्वरस्थित संबिधान सभा अगाडी मोटरसाइकलो लुकिङ ग्लासमा देखिएको दृश्य।
अाइतबार बिहान नयाँ बानेश्वरस्थित संबिधान सभा अगाडीको दृश्य।
अाइतबार बिहान भद्रकालीबाट देखिएको हिमाल।
सबै तस्विरः टेकनारायण भट्टराई