काठमाडौँ– अाइतबार बिहान संविधान सभा पुग्दा ‘एक युगमा आउने एक दिन’को स्वागतमा अन्तिम तयारी चल्दै थियो। बानेश्वर क्षेत्र बिहानैदेखि कडा सुरक्षा घेरामा छ। दुलहीजस्तो सिंगारिएको संविधान सभा परिसरमा बिहानैदेखि बेग्लै राैनक छ। जनताका प्रतिनिधिहरुले बनाएको संविधान अाजदेखि लागू हुँदैछ। साँझ ५ बजे हुने औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको अाैपचारिक घोषणा गर्नेछन्।
संविधान सभा भवन अगाडिका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा टांगिएको छ। प्रबेशद्वारहरू रंगीचंगी फूल र जलघडाले सजाइएको छ। फूलमाला, पुष्पगुच्छा र रंगिचंगी गमलाहरू राखेर संविधान सभा हल प्रबेश गर्ने मुख्यद्वार सिँगारिएको छ।
हेराैं अाइतबार बिहानै खिचिएका तस्विरहरूः
सबै तस्विरः टेकनारायण भट्टराई