फोटो फिचर

संविधान सभा बैठकमा सभासदको ‘साइड टक’

काठमाडाैं– संविधान निर्माणका लागि जनताबाट चुनिएका सबै दलका सभासदहरुको एउटै गुनासो सुनिन्छ- शीर्ष नेताले अाफूहरूलाई भूमिकाविहीन बनाए। संविधान निर्माणमा हस्तक्षेप गरे।

तर संविधान सभा हल भित्रको माहाैल हेर्दा संविधान निर्माण प्रक्रिया सभासदहरूको गहिरो चासो देखिँदैन। शीर्ष नेताहरूको हालिमुहालीले सबैकुरा निर्धारण गर्ने हुनाले सभासदहरू उदासिन बनेका एकथरी तर्क गर्छन्। जसका कारण संविधान निर्माणमा म पनि एक हिस्सेदार हुँ भन्ने सोँच र भावना सभासदहरूको दिलदिमागबाट मेटिदै गएको भान हुन्छ। सभासदहरूलाई साक्षी किनारा राख्ने र उपस्थिति जनाएर पाएको सुबिधा लिनेबाहेक ‘काम विहीन’ बनाइएको छ।

मस्याैदा समितिका सभापति कृष्णप्रसाद सिटाैलाले मंगलबारको संविधान सभा बैठकमा दफाबार छलफलका लागि विधेयक पेश गर्दै संविधान सभा एेतिहासिक क्षणमा अाएको बताए। तर संविधान सभा हल भित्रको दृश्यले एेतिहासिक क्षणको झल्को दिएन। संविधान सभा हल भित्र सभासदहरू दुईजना र दुईभन्दा बढीको समूहमा मुखामुख गर्दै यसरी ‘साइड टक’ गर्नमा व्यस्त थिए। हेर्नुस् थप तस्विरमाः

IMG 9200

काभ्रेका एमाले सभासद रामहरि सुवेदी अर्का सभासदसँग कुराकानी गर्दै।

IMG 9202

सर्लाहीका सभासद हरि उप्रेती गफमा मस्त।

IMG 9216

बाग्लुङका कांग्रेस सभासद प्रकाश शर्मा गफिँदै

IMG 9236

नेपाली कांग्रेसका महिला सभासदहरु गफ गर्दै।

IMG 9258

कोही निद्रामा मस्त कोही गफमा व्यस्तः कांग्रेस सभासद कमला पन्त लगायत।

IMG 9290

कांग्रेस सभासद महालक्ष्मी उपाध्याय डिना गफमा सहभागी हुन खाेज्दै

IMG 9294

गफ गर्न नजिकँदै दुई सभासद।

IMG 9307

कांग्रेसका धनराज गुरुङ र एमालेका गंगालाल तुलाधर

IMG 9314

IMG 9340

IMG 9344

सभासद अनिता देवकोटा र धनराज गुरुङ लगायत।

IMG 9346

कांग्रेस सभासदहरु गीता वाग्ले, शंकर भण्डारी, राजु थापा लगायत

IMG 9354

सभासद अम्बिका बस्नेत अर्का सभासदसँग गफ गर्दै ।

सबै तस्विरः टेकनारायण भट्टराई

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App