फोटो फिचर

डा.केसीको समर्थनमा हजारौंको प्रदर्शन

काठमाडौं-चिकित्सा शिक्षाको विकृतिविरुद्ध छैटौंपटक आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको समर्थनमा मेडिकल शिक्षाका विद्यार्थी सडकमा उत्रेका छन्। ठूलाे संख्यामा सडकमा उत्रेका विद्यार्थीले सरकारलाई समयमै सच्चिन सुझाव दिए। नत्र देशभरबाट थेग्न नसक्नेगरी प्रदर्शन र दवाब सामना गर्न उनीहरूले चेतावनी दिए।

माइतीघर मण्डलाबाट मेडिकल विद्यार्थी, चिकित्सक र अन्य शंकायका विद्यार्थीसमेत शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएर बानेश्वर पुगेका थिए। निषेधित क्षेत्र नजिक पुगेपछि उनीहरुलाई प्रहरीले रोकेको थियो। डा. केसीको तस्बिर अंकित टिसर्ट लगाएका विद्यार्थीले 'एक, दुइ, तीन, चार–बन्द गर भ्रष्ट्राचार' भन्दै नारा लगाएका थिए। उनीहरुले 'हामी डा.केसी सँग छौं' लेखिएका प्लेकार्ड बोकेका थिए भने टाउको र हातमा कालो पट्टि बाँधेर विरोध जनाएका छन्।

विद्यार्थीले माथेमा प्रतिवेदन तत्काल लागू गर्नुपर्ने, डा. केसीका माग पुरा गर्नुपर्ने बताएका छन्।

भिडियोः

यता डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। नर्मल स्लाइनबाहेक कुनै प्रकारका औषधि र मुखबाट पानीसमेत नलिएका डा. केसीका अधिकांश महत्वपूर्ण जीवनदायी सूचकले जोखिमपूर्ण अवस्थाको संकेत गरिरहेको चिकित्सकले बताएका छन्।

विद्यार्थीको प्रदर्शनका तस्विरहरूः

GKC 11

GKC 2

GKC 1

GKC 3

GKC 6

GKC 7

GKC 8

GKC 9

GKC 10

GKC 12

GKC 13

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App