काठमाडौं–पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाेइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।
पशुपतिको बागमती किनारमा एउटी 'सुन्दरी' (स्त्री बाँदरलाई सुन्दरी भनिन्छ) को चर्तिकलाले बुधबार धेरैको ध्यान तान्यो। पर्यटक, मलामी र शोकमा रहेकाहरु पनि उसको हाउभाउ देखेर हाँस्न बाध्य भए।
सेतो घुम्टोमा उ तीजमा साना नानीहरु सारीमा बेरिएर नाचेजस्तै नाच्दै रमाउदै थिइ। घुम्टोमा बेरिएर उस्ले आधा घण्टासम्म चटक देखाई। टाउको र जिउ घुम्टोले ढाकेर उ घरी मन्दिरको टुप्पोमा पुग्थी घरी भुँइमा झरेर घुम्टो मिलाउदै नाच्थी।
सुन्दरी आफूमात्रै हैन संगीहरुलाई पनि आफ्नो घुम्टोमा समेट्न खोज्दै थिइ।
भिडियोः
तस्विरमा हेर्नुस् पशुपतिका बाँदरः
बाँदरको हातमा नरिवल।
पेप्सी पिउने ढंगै पुगेन।
अामाको दुध चुस्दै बच्चा।
खेल्दै साना बच्चा।
सबै तस्विरः टेकनारायण भट्टराई