काठमाडाै— मंगलबार दिउसो धुम्बाराही स्थित नेकपा-एमालेकाे नयाँ मुख्यालयमा फरक राैनक देखियो। पार्टी कार्यालय सारेपछि एमालेले पहिलो पटक पत्रकार सम्मेलन अायाेजना गरेको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा अाेली नै सबैको केन्द्रमा थिए। करिब एक घन्टा जति पत्रकारसँग साक्षात्कार गरेका अध्यक्षले संविधान निर्माण र सीमाङ्कनलाइ लिएर भइरहेको विरोधबारे पार्टीको धारणा स्पष्ट पारे।
पत्रकार सम्मेलनपछि अरुबेला जस्तै चियापानकाे व्यवस्था गरिएको थियो। सबैलाई चियाका लागि बाटो देखाइयो। चिया पिउने स्थल रहेछ पर्वतारोहणमा जानेहरुले प्रशिक्षण लिने- रक क्लाइम्बिङ भित्तोको फेद।
पार्टीका अरु शीर्षनेतासँगै अाेली पनि त्यतै अाेर्ले। यसो भित्तातिर हेरेर भने, 'ए, क्लाइम्बिङको भित्तो पो। लु लु, खै चढम न!'
माथि चढेपछि एक छिन अडिए। यताउता हेरे।
माथि चढ्नलाई समाउने ठाउँ हेरे। टेक्ने डोबहरु ठम्याए। चढिहाले। उनी चढिरहँदा निकै जोड लगाएको देखिन्थ्यो। माथि चढिसकेर एकछिन अडिँदै सबैतिर हेरे। फोटोको लागि पोज दिएझै यसो एकछिन अडिए।
उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र वरिपरिका अन्य कार्यकर्ता निकै सतर्क देखिन्थे। यसअघि धरहरा चढिसकेका उनी भने निस्फिक्री देखिए।
अाेली अाेर्लिंदा कपमा चिया तयार थियो।
चिया सुरुप्प पारे।
प्लाष्टिकका कुर्सीमा बसेर पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव इश्वर पोख्रेलसँगै उनी गफिए।
छलफल माधव नेपालसँग।
संविधान जारी भएसँगै एमाले नेतृत्वमा सरकार बन्ने र अाेली प्रधानमन्त्री हुने अनुमान चलिरेहका बेला उनले पर्वतारोहरण अभ्यास गर्ने भित्तामा गरिएको प्रयासलाइ त्यहाँ उपस्थित एमाले कार्यकर्ता र अरुले निकै रुचिपूर्वक हेरे।
चिया गफसँगै नेताहरुबीच भएको छलफललाइ केहीले 'पार्टी सत्त्तारोहणको सल्लाह पर्वतारोहण भित्तोको फेदैमा' भनी खासखुस गरिरहेको सुनिन्थ्यो।
छलफल झलनाथ खनालसँग।
पर्वतारोहणमा रुचि भएकाका लागि राजधानीमै अभ्यास गर्न पासङल्हामु प्रतिष्ठानले धुम्बाराहीमा रक क्लाइम्बिङ प्रशिक्षण केन्द्र खोलेको हो। एमालेले भूकम्पपछि सोही प्रतिष्ठानको भवनमा आफ्नो मुख्यालय सारेको छ।
कुराकानी माधवनेपाल र इश्वर पाेखरेलबीच पनि चल्यो।