फोटो फिचर

तीन महिना हिँडेर देश यात्रा (फोटो भिडियो)

नवलपरासीका विष्णु पाण्डेले वैशाखको दोस्रो साता पूर्वको ताप्लेजुङबाट नेपालयात्रा सुरु गरे। तीन महिना लाएर उनी पहाडी–हिमाली जिल्ला छिचोल्दै महाकालीको सिमाना दार्चुलासम्म पुगे। विनाशकारी भुइँचालो उनले पदयात्राकै क्रममा अनुभव गरेका थिए।

काठमाडौंमा ध्यान शिविरमा जान्छु भनेर उनी घरबाट निस्केका थिए। 'मैले श्रीमतीबाहेक कसैलाई यात्राको जानकारी दिएको थिइनँ', उनले सुनाए, 'यात्रा सकिएपछि बाआमालाई फोन गरेर सबै बताएँ।'

'तीन महिना देश घुम्दा मेरो २० किलो तौल घट्यो,' उनले नागरिकन्युजसँग अनुभव सुनाए, 'देश बुझ्ने मौका पाएँ, नेपाल साँच्चिकै स्वर्ग रहेछ।'

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा २२ जिल्ला घुमेका उनी भन्छन्, 'मैले बीचमा कतै गाडी चढिनँ, धेरै ठाउँमा बिरामी परेँ, यात्रा कठिन तर रोमाञ्चक भयो।'

लगाउने कपडा, पकाउने भाँडा, टेन्ट, म्याट सहित बन्दोबस्तिका सामान सहितको २५ केजीको ट्रेकिङ ब्याग बोकेर उनी निस्किएका थिए। '२५ किलो तौलको झोला थियो,' उनले अनुभव सुनाए 'जंगल, ओढार, गोठ, आँगन, चौर जहाँ मेसोपर्छ त्यहीँ रात बिताएँ।'



पाथिभराबाट देखिएको कञ्चनजंघा हिमश्रृङ्खला।

राष्ट्रिय झन्डा बोक्दा यात्रा सहज (भिडियो)

 भिडियो : टेकनारायण भट्टराई

ताप्लेजुङको पाथिभरा मन्दिर परिसरमा श्रद्धालुले चढाएका घन्टी

 



ताप्लेजुङकाे माथिल्लो फेदि

ताप्लेजुङबाट देखिएको मकालु हिमाल ।

ताप्लेजुङको अाेलाङचुङगाेला।

पूर्वी जिल्लाको एउटा हिमनदी

लुम्बासुम्बा हिमाल पार गर्दै

कास्कीको बेगनास तालमा पदयात्री पाण्डे

जाजरकोटदेखि जुम्ला जाने बाटोमा भर्खर जन्मिएको घोडाको बच्चा बोकेर गन्तव्यतर्फ जाँदै गरेका स्थानीय।

जुम्लाको तातोपानी नजिकको फाँटबीचबाट बगेको भेरी नदी।

 

भेरी नदी तर्न स्थानीयले बनाएको काठेपुल।

 

मुगुको रारा ताल

राराताल भएर बाजुरातर्फ लाग्दा पाइएको अाेडार। त्यसलाइ स्थानीयले भेडीगोठ बनाएका छन्।

यात्राका क्रममा खानका लागि सिस्नो पकाउँदै। प्रायः उनले दिउसोको खाना आफैँ बनाएर खाए।

पदयात्री विष्णु पाण्डे। सबै तस्विरहरु उनले नै खिचेका हुन्।