मकै पोल्ने, चटपट, पानी पुरी र मोमो चाउमिन जस्ता फाष्टफुड बेच्नेहरुका ठेलाहरु लहरै हुन्छन् । गफ गर्दै बस्नेदेखि सेल्फी लिनेहरुसम्म यसरी रमाएका हुन्छन कि समय बितेको पत्तो नै पाउँदैनन् । नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ । बस्ने सिमेन्टका बेन्चहरु निर्माण भएका छन् । लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान भएपछि नदी किनारमा उज्यालो र सुन्दरतासँगै सुरक्षा पनि थपिएको छ ।
तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन र चिसो र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तब्य बनेको छ नारायणी नदी किनार । नारायणी नदी किनारलाई व्यवस्थित रुपमा विकास गर्ने सोच बेला बेलामा चर्चा हुने गरे पनि सरकारी निकायको तत्परता देख्न पाइएको छैन । नदी किनार मै कार्यालय रहेको चितवन उद्योग वाणिज्य संघ र पाँचवटा टोली विकास संस्थाले आफुले सकेजतिको व्यवस्थापन गर्दै आएका छन् ।
फोटो फिचर