सोमबार साँझ स्टिल ट्रस पुल भत्केपछि मंगलबार साँझदेखि खोलामा बनेको डाइभर्सनबाट गाडीहरु पार हुन थालेका थिए। तर डाइभर्सन भरपर्दो नहुँदा सहजरुपमा गाडी आवत-जावत हुन सकेको छैन। सो ठाउँमा खटेका प्रहरीका अनुसार रातभरमा १० गाडी पार हुन गाह्रो भएको छ। एउटा गाडी पार भए लगत्तै डाइभर्सन दब्ने र बिग्रने समस्या आउँछ।
बिहीबार बिहान नौं बजेदेखि जाममा परेको ना४ख ६३८९ नम्बरको बुटबलबाट विराटनगर जाँदै गरेको आफ्नो बस २४ घण्टा बित्दा पनि डाइभर्सन पार गर्न नसकेको कण्डक्टर जगत अधिकारीले बताए। यात्रु बसलाई प्रथामिकतामा राखेर पार गराउने व्यवस्था मिलाइए पनि कम्तिमा १० घण्टासम्म जाममा बस्नु परेको प्रहरीहरुले जानकारी दिए।
तस्बिर : रमेशकुमार पौडेल