महादेवको पुजा आराधनापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पुर्वराजा शाहले संविधानको मस्यौदा जनतासामु पेश भएको भन्दै सबैको विचार समेट्नुपर्ने बताए । 'जनतासामु पेश भएको संविधानमा सबैको विचार समेटियोस ।
जनताले पनि त्यही चाहेका छन र हामीले पनि त्यही खोजेका छौं,' पुर्वराजाले भने । उनले कसैलाई काखा र कसैलाई पाखा लगाउने काम हुन नहुने भन्दै जनताको चाहना अनुसार संविधानको मस्यौदा आउनुपर्ने कुरामा उनले जोड दिए । पुर्व राजाले धार्मिक अनुष्ठानका क्रममा राजनीतिक टिप्पणी गर्ने गरेका छन् ।
सबै तस्बिर विजय राई