संविधानको प्रारम्भिक मस्यौदामा सोमबार मुलुकभर सर्वसाधारणले उत्साहजनक रूपमा आफ्नो सुझाव दिए। संविधानसभा सचिवालयले छिटफुट घटनाबाहेक सबै निर्वाचन क्षेत्रमा सुझाव संकलन कार्य उत्साहजनक रूपमा भइरहेको जनाएको छ। देशभरका ७५ जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा सोमबार सुझाव संकलनको काम ९० प्रतिशत सकिएको सचिवालयका प्रवक्ता डा. भरत गौतमले जानकारी दिए। मंगलबार पनि सुुझाव दिन सकिने उनले बताए। हेरौं देशभरिका केही तस्बिर: