फोटो फिचर

उनले क्याप्सन भनेँ, मैले फोटो क्लिक पारेँ

बिहीबार बिहान मौसम धुम्म थियो। काठमडौं विमानस्थलको डोमेस्टिक टर्मिनलमा बिराटनगर, पोखरा, नेपालगञ्ज जाने यात्रुहरुको भीडभाड थियो। जहाज कतिबेला उड्ने हो कसैलाई थाहा थिएन। हेलिकोप्टरबाट हाम्रो गन्तव्य क्यान्जिङ, लाङटाङ थियो। हेलिकोप्टरले पंखा घुमाउन थाल्दा मेरो मन अलिअलि डरायो।

टेकअफ लिएको केही छिनपछि क्याप्टेन हिराबाबु दाहालले मलाई कुराकानी गर्न मिल्ने हेडफोन लगाइदिए।

'यो गणेश हिमालको रेञ्ज हो', उनले क्याप्सन भनेँ, मैले फोटो क्लिक पारेँ।

विमानस्थलबाट उड्नासाथ बाैद्धानाथ स्तुपा देखियो। भूकम्पले क्षति पुर्‍याएपछि स्तुपाको जिर्णोद्धार भइरहेको छ।

आकासबाट देखिएको बाैद्धछेउको टेन्ट बस्तीले भूकम्पको असर छर्लङ्ग पार्‍यो। 

छङछङ झरुनाः क्याप्‍टेन दाहालले यो झरुना गोसाइकुण्ड हुँदै झरेको बताए।

नुवाकोटमा भर्खरै धान रोपाइँ गरिएका र रोप्न ठिक पारिएका गराहरु।

धान रोपाइँ भइसकेका गराहरु।

लाङटाङको घोडा तबेलाबाट देखिएको पहाड। 

पहाड मुनि रसुवाको गाउँ।

नुवाकोट र रसुवाको सीमास्थल।

नुवाकोटका पहाड छोप्दै कुहिरो।

क्यान्‍जिङ भ्यालीबाट देखिएको हिमाल।


हिमपहिरोले ध्वस्त पारेको लाङटाङको बस्ती नियाल्दै वृद्ध।

 

पहिरोले ध्वस्त पारेको लाङटाङको बस्तीको एयरल सट। भूकम्पपछि पहिरो जाँदा यहाँ १७५ जनाले ज्यान गुमाएका थिए।

 

भूकम्पपछि क्यान्जिङ भ्याली छोडेर राजधानी बसाइँ सरेकाहरु बिहीबार हेलिकोप्टरबाट आफ्नै थातथलो फर्किंए।

भूकम्पले तहसनहस पारेपछि सामान्य हुँदै गएको क्यान्जिङ भ्यालीको जनजीवन। 

 

भूकम्पपछिको क्यान्जिङ यस्तो देखिन्छ।