भूकम्पपछि स्कुलमा पहिलो दिन
काठमाडौं- भूकम्प प्रभावित जिल्लाका विद्यार्थी करिब एक महिनापछि विद्यालय फर्किएका छन्। सरकारको निर्णयबमोजिम सम्बन्धित जिल्ला शिक्षा कार्यालयले आइतबारदेखि विद्यालय खोल्न निर्देशन दिएका हुन्।
नन्दी रात्री स्कुलमा पीटी खेलाउँदै शिक्षक।
तर, भूकम्पले पारेको मनोवैज्ञानिक त्रास र लगातारका अनुकम्पनका कारण शिक्षक–विद्यार्थी अझै ढुक्क हुन सकिरहेका छैनन्।
लामो समयपछि फर्किएका विद्यार्थीलाई केही हप्ता किताबी कुराभन्दा पनि त्रास भुलाउने क्रियाकलापमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ। 'केही दिनसम्म बालगीत, लोकगीत, नाचगान, कथा, कवितालगायत क्रियाकलापमा जोड दिनुपर्छ,ु काभ्रेका सहायक जिल्ला शिक्षा अधिकारी दिनेश न्यौपाने भन्छन्। यस्ता क्रियाकलापले विद्यार्थीसँगै शिक्षकको पनि मनोबल बढ्ने उनको भनाइ छ।
भूकम्पले बढी क्षति पुर्योएका गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ लगायत जिल्लाका शिक्षा कार्यालयले पनि सुरुमा विद्यार्थीमा व्याप्त त्रास हटाउने खालका कार्यक्रम ल्याउन लागेका छन्। अधिकांश विद्यालयका भौतिक संरचना ध्वस्त भए पनि अस्थायी टहरा वा पालमा कक्षा सञ्चालन गर्न लागिएको छ।
विद्यालय खुलेको पहिलो दिन सातदोवाटोमा विद्यालय पुर्याउदै अभिभावक।
कुल्फी खाँदै विद्यार्थी।
चित्र बनाउँदै विद्यार्थी।
सूर्योदय स्कुल मैतिदेविका विद्यार्थी नृत्य गर्दै।
तस्बिरहरु: विजय राई, केशव थोकर, विजय गजमेर, दिपेश श्रेष्ठ, दिनेश गोले र उपेन्द्र लामिछाने