समाज
फोटो फिचर
भूकम्पले धराप बनाएका घर भत्काउँदै नेपाली सेना
‘हेस्टे हैँसे...’ यो भक्तपुरमा बिस्केटको रथ तान्दा निस्कने परिचित ध्वनि हो। एक महिना अघि बिस्केटको रथलाई सर्वसाधरण र सुरक्षाकर्मीले यस्तै ध्वनिका साथ तानेका थिए। शुक्रबार भक्तपुरमा फेरि सोही ध्वनि सुनियो। यस पटक त्यहाँ बिस्केटको रथ थिएन। भूकम्पले भत्काएका घर तान्दा त्यो ध्वनि निस्किएको थियो। महाभूकम्पको २१ औं दिन भक्तपुरको इनाचोमा एक हुल नेपाली सेनासँगै स्थानीय युवा रथ तान्ने डोरीको सहाराले होस्टे हैँसै गर्दे चर्किएका र जीर्ण घरलाई भत्काउँदै थिए।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%