फोटो फिचर

होलीको रंगमा रंगियो जनकपुरधाम(फाेटाेफिचर)

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार कैद गरिएको होली दृश्य। तस्बिरहरुः नागरिक

मधेसका अन्य जिल्लामा शुक्रबार नै सम्पन्न होली जनकपुरधाममा आज मनाइँदै छ। जनकपुरधाममा भने अन्तःगृह परिक्रमाको भोलिपल्ट होली खेलिन्छ। परिक्रममा शुक्रबार सम्पन्न भएको थियो। बिहानैदेखि जनकपुरधामको विभिन्न चोक होलीको रंगमा रंगिएको छ।

जनकपुरवासी रंग अवीर दलेर शुभकामना साटासाट गर्दै छन्। होलीको मौलिकतालाई जीवन्त राख्न जनकपुरधाममा मट्का फोड कार्यक्रम पनित गरिएको छ। गत वर्ष यो कार्यक्रम कोरोना भाइरसको सन्त्रासको कारण रोकिएको थियो। महाबिर युवा क्लवले महाबिर चोकमा यो कार्यक्रम गरेको हो।  

भड्किलो बन्दै गएको होली पर्वलाई मर्यादित तथा साँस्कृतिक बनाउन जनकपुरधामका साँस्कृतिक क्लवहरुले होली महोत्सव र मट्का फोड कार्यक्रम आयोजना गर्दै आएका छन्। यस कार्यक्रममा युवाहरुको सहभागिता बढी हुन्छ।

चोक चोकमा चिप्लो माटोमा पानी हालेर युवाहरु हिलोमा होली खेलेको दृश्य समेत देखिन्छ। हिलोपानीले होली खेल्ने युवाहरु बढी छन्।

 

प्रकाशित: ५ चैत्र २०७८ १२:३३ शनिबार