फोटो फिचर

तस्बिरमा कहाली लाग्दो सिन्धुपाल्चोक

शनिबारकाे महाभूकम्पपछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ। जुन राजधानीभन्दा दुई घन्टाको बाटोमा अवस्थित छ। बिहीबार दोस्रोपटक सिन्धुपाल्चोक पुग्दा त्यहाँ मानिसहरुमा पीडासँगै आक्रोस पनि देखियो। पर्याप्त मात्रामा राहत सामग्री आउँदासमेत राज्यले ध्यान नदिएको र अझै कतिवय ठाउँमा मानिसको शव निकाल्नै बाँकी रहेको भन्दै सिन्धुपाल्चोकबासीहरुले आक्रोश पोखे।

त्यहीकारण त्यहाँका स्थानीयले सरकारी नम्बर प्लेटका गाडी, आर्मी र पुलिसका गाडी, आइएनजिओका गाडीहरुलाई प्रवेश निषेध गरेका छन्। जल्केनीका राजकुमारका अनुसार आर्मी पुलिसहरु छैटौं दिनमा नाकमुख थुन्दै आएको भन्दै आक्रोश पोखे। 'गनायो भनेर नाकमुख छोपेर उद्धार गर्न आएको भन्छन्,' राजकुमारले नागरिकन्युजले भने, 'हामी आफैंले शव निकालिसकेपछि उनीहरु आएको के काम?'

त्यतिमात्र हैन, राहत सामग्री नहुँदा सिन्धुपाल्चोकको लामोसाँघु क्षेत्रका बासिन्दासमेत प्रभावित छन्। हालसम्म त्यहाँ सरकारी निकायका अिधकारी र मिडियासमेत पुग्न सकेको छैन। आक्रोसित उनीहरुले देशका नेताहरुलाई लखेटेर निकाल्नुपर्ने बताए। 

सबैभन्दा कहाली लाग्दो त बाह्रबिसेभन्दा माथिको क्षेत्रमा रहेको त्यहाँका प्रहरी निरीक्षक मन्जिल मुकारुङले बताए। उनका अनुसार बाह्रबिसे-तातोपानी क्षेत्रमा पहिरो गएकाले सम्पर्क हुन नसकेको उनले बताए। उनका अनुसार त्यहाँको एकीन तथ्यांक पनि अहिलेसम्म प्राप्त भएको छैन।

हेरौं केही तस्बिर :

Nepal Quake Sindhu 14

बाह्रबिसेमा भत्किएको घर।

Nepal Quake Sindhu 15

बाह्रबिसेमा उद्धारपछि शिविरमा उपचार गराउँदै बालक।

Nepal Quake Sindhu 16

Nepal Quake Sindhu 11

अरनीको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफीमा पहिरो पन्छाएर गन्तब्यमा जाँदै यात्रुबाहक बस।

Nepal Quake Sindhu 12

बलेफीकै स्थानीय बजारमा काठमाडौं ल्याउन राखिएको काक्रो।

Nepal Quake Sindhu 10

सिन्धुपाल्चोकको जल्केनीमा चौतरा हिँडेका नेपाली सेनाको गाडीलाई स्थानीयले अवरोध गरेपछि।

Nepal Quake Sindhu 09

सिन्धुपाल्चोकको जल्केनीमा स्थानीयले धेरै भाडा असुलेको भन्दै अवरोध गर्दै। 

Nepal Quake Sindhu 08

 

सिन्धुपाल्चोक सानो सिरुबारीका बालिका बिस्कुट खाँदै।

Nepal Quake Sindhu 07

क्रियापुत्री बसेका सिरुबारीका स्थानीय।

Nepal Quake Sindhu 06

विवाह भएको तीन दिनमै श्रीमान गुमाएकी नर्सिङ डाँडाकी अनिता परियार।

Nepal Quake Sindhu 05

सिन्धुपाल्चोक नर्सिङ डाँडाका एक बालकलाई जिवितै उद्धारपछि। उनको स्वास्थ्य उपचार अझै हुन सकेको छैन।

Nepal Quake Sindhu 04

सिन्धुपाल्चोकको नर्सिङ डाँडाँमा आफन्त गुमाएका महिला। 

Nepal Quake Sindhu 02

सिन्धुपाल्चोकको सानो सुरुबारीमा भत्किएको घर नियाल्दै। 

Nepal Quake Sindhu 01

काभ्रेपलान्चोकको पाँचखालमा श्रीलकंन आर्मी। उनीहरु काभ्रेका विभिन्न स्थानमा उद्धारमा खटिएका छन्।

सबै तस्बिर : मदन चौधरी

 

 

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App