फोटो फिचर

तस्बिरमा क्षतिग्रस्त सिन्धुपालचोक

सिन्धुपालचोक-शनिबार गएको महाभूकम्प र त्यसपछिका लगातार झड्काबाट सबैभन्दा धेरै मानवीय क्षति भएको जिल्ला हो सिन्धुपालचोक। मंगलबारसम्म सिन्धुपालचोकमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १४ सय पुगेको छ। जिल्ला प्रहरी कार्यालयले मृतक संख्या तीन हजार नाघ्ने अनुमान गरेको छ।

गाउँ-गाउँमा घाइते अलपत्र छन्। उद्दार हुन सकेको छैन भने राहात सामाग्री पुग्न सकेको छैन। बाह्रबिसे र तातापानी बजारसँग सम्पर्कविच्छेद छ। तातोपानी क्षेत्रमा गएका हेलिकप्टर बस्न नसकेर फर्किएका छन्। जिल्लाका विभिन्न स्थानमा पुगेर नागरिककर्मीले कुराकानी र अवस्थाबारे जानकारी लिएका थियौं। स्थानीयले उद्दार र राहतका लागि सरकार यहाँसम्म आइनपुगेको गुनासो गरेका थिए।