फोटो फिचर

काठमाडौं उपत्यकाका अधिकांश सम्पदा ढले

sampada3

काठमाडौं-शनिबार गएको भूकम्पले धरहरासहित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका अधिकांश धार्मिक सम्पदा र भवन ध्वस्त हुन पुगेका छन्। हनुमानढोका दरबार क्षेत्रमा रहेका काष्ठमण्डप, नौतले दरबार, गद्धी बैठक दरबार, मुलुकको सबैभन्दा ठूलो, तबला राख्ने मन्दिर, घन्टा राख्ने मन्दिर, भूपतिन्द्र मल्लको शालिक, न्यासल चौक आसपासका मन्दिर र भवन, बसन्तपुर दरबार क्षेत्र अगाडिका अग्ला दुई मन्दिर, संग्रालय भवन पूरै ध्वस्त हुन पुगेका छन्।

Sampada1

तर, हनुमान ढोका क्षेत्रमा रहेका शिव पावर्ती मन्दिर, कुमारी मन्दिर, तलेज मूल मन्दिर भने चर्किएको मात्रै छ तर तलेजु मन्दिरको मूलढोकामा रहेको मन्दिर भनेर पूर्ण रूपमा ध्वस्त हुन पुगेको छ।
‘हनुमान ढोकाका दुई अग्ला मन्दिर ढल्दा अधिकांश त्यहाँ पुरिएका छन्, त्यसमाथि बिहान स्वास्थ्य शिविर आयोजना गरिएकाले कति मानिस त्यहाँ परेका छन्, यकिन हुन सकेको छैन,' स्थानीय रामवीर मानन्धरले बताए।

Sampada2
उनका अनुसार दरबार क्षेत्रका अग्ला दुई मन्दिर ध्वस्त हुँदा त्यसमुनि बसेकाहरू पुरिन पुगेका छन्। स्थानीयका अनुसार वसन्तपुर दरबार क्षेत्रमा घुम्न आएका स्वदेशी र बिदेशी पर्यटकहरु त्यहाँ पुरिएका छन्। धेरैको जीबितै उद्धार गरिए पनि भग्नावशेष पन्छाउन गार्‍हो हुदाँ त्यहाँ धेरैको मृत्यु भएको थियो।

sampada4
यसैगरी, रानी पोखरीको मन्दिर र दरबार हाइस्कुलका केही भाग ध्वस्त हुन पुगेको छ। त्रिपुरेश्वरस्थित कालमोचन मन्दिर भग्नावशेषमा परिणत भएको छ भने त्रिपुरेश्वर चोकस्थित त्रिभुवन शालिकका भवन ध्वस्त हुन पुगेको छ। जैसीदेवल मन्दिर पूर्ण ध्वस्त हुन पुगेको छ भने स्वयम्भु सामुन्नेकोे अग्लो मन्दिर ध्वस्त भएको छ। त्यहाँ रहेका घर पनि ध्वस्त हुन पुगेका छन्। बौद्धस्तुपाको मूल गजुर मक्किएको छ भने त्यहाँ रहेको एउटा स्तुपा भत्केको छ।

sampada5
पशुपति संरचनामा कुनै असर नपुगे पनि पशुपति वरपर रहेका केही देवल र पर्खाल चर्केका छन्। विश्वरुपा मन्दिर धेरै मात्रामा चकर्ेेको छ भने पशुपति क्षेत्र आसापासका पुराना केही घर भत्केका छन्। जयबागेश्वरी गजुर भाँचिएको गौशालास्थित प्रहरी बृतले जानकारी गराएको छ।

sampada6
सैनिक मञ्च र टुडिँखेलको पश्चिम गेट ढलेको छ भने दशरथ रंगशालाको दुईवटा गेट पनि ध्वस्त हुन पुगेको छ। धराहरा भाँचिएर आधा धराहरा परिशर भित्र झरेको थियो भने बाँकी भाग पश्चिमतर्फ ढल्दा त्यहाँ रहेका सेकुवा पसल, होटेलहरु ध्वस्त हुन पुगेका छन्। यसैगरी, शोभा भगवती मन्दिरसहित सोही स्थानमा रहेको एउटा चार तल्ले पक्की घर पनि भत्केको छ।

sampada7
पाटन दरबार स्क्वायरका दुईवटा मन्दिर पुरै ध्वस्त भएका छन् कृष्ण मन्दिरमा भने कुनै क्षती नभएपनि संग्रालय भवन चर्किएको छ। पाटन सुन्धारा आसपासका सुवाल, भिमसेनवालसहित आसापासका पार्टी र पौवासहित ५० प्रतिशत बढी भत्केका र चर्केका छन्।

CSK 5427

यसैगरी, पाटन दरबार स्क्वायरमा रहेका केही मन्दिरमा पनि क्षति पुगेको प्रारम्भिक बिबरणमा आएको छ। पुल्चोकस्थित दमकल कार्यालय पुर्ण रुपमा क्षतीग्रस्त भएको छ, नजिककैको एउटा घर पुर्ण रुपमा ध्वस्त हुन पुगेको छ। हरिसिद्धी, ललितपुरमा रहेका पुराना घर भत्कदा धेरै घाइते भएको प्रहरीले जनाएको छ। हरीसिद्धीस्थित नयाँ अस्पताल भत्केको छ।

sampada8
मच्छिन्द्रनाथ राखिने बुङ्गमतीस्थित मन्दिर पुरै ध्वस्त हुन पुगेको छ। भुकम्पले मच्छिन्द्रनाथ रथ पुर्ननिमार्ण गर्नु पर्ने अवस्था देखिएको छ। कार्यक्रम अनुसार सो रथ शनिवार नख्खुमा आइपुग्नु पर्ने थियो तर भुकम्पका कारण मच्छिन्द्रनाथको रथ भैसेपाटीमा अडकिन पुगेको छ।

sampada9
त्यसैगरी, सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको भवन चर्केको छ भने सिंहदरबारका पुर्वी गेट नजिक, लोकसेबा अगाडीका पर्खालहरु भत्किन पुगेका छन्। सिंहदरबारस्थित सरकारी कार्यालयहरुमा पनि क्षति हुन पुगेको छ।

CSK 5441

शितल निवासस्थीत राष्ट्रपति भवनको पर्खाल, बालुवाटारस्थित प्रधानमन्त्री निवासको पर्खाल, नेपाल राष्ट्र बैंकको पर्खाल, नेपाल प्रहरी मुख्यालयको पर्खाल भत्केका भए पनि भित्रका भवनका बारेमा कुनै जानकारी यो समाचार लेख्दासम्म आएको छैन।

sampada11
यता, कपनमा ७ तले घर र कंलकीस्थीति पीआर लज भत्केदा त्यहाँ रहेका करिब १ सय ५० जना पुरिएका थिए। टेकुस्थित मुल सडकमा एउटा घर भत्केको छ भने बबरमहल रिजर्भभेसनको एउटा भवन भत्केको छ। काठमाडौं पश्चिमको रामकोट क्षेत्रमा ११ घर भत्किन पुगेका छन भने बाफलमा एउटा घर भत्किन पुगेको छ।

sampada12

माछापोखरी, बालाजुस्थित अगाडीको चार तल्ले घर भत्केको छ भने मनमैजुस्थित लोकतातिन्त्रको चौकको चारतले घर पनि भत्केर पुर्ण रुपमा क्षती भएको छ। काठमाडौं उपत्यका भित्र रहेका पुराना र कच्ची घर प्रायः भत्केका, चर्केको अवस्थामा रहेको देखिएको छ।

sampada13

रसियन कल्चर सेन्टर, पदमोस्कुल, बाल्मिकी क्याम्पसलगायतका पर्खाल भत्केका छन्। कमलपोखरीस्थित सिटी सेन्टर, सुन्धारा सिभिल ट्रेड सेन्टर चकिएको छ भने काठमाडौं उपत्यकाका अग्ला सबैजसो अपार्टमेन्ट ढल्किेको देखिएको छ। बानेश्वरस्थित शान्तिनगर मुल प्रवेशद्धार भत्किएर माइक्रो बसमाथी बजारिएको थियो। लोकन्थली देखी कौशलटारसम्मका अरनिको सडक बिचमा १ मिटर भन्दा बढी ध्वजा फाँटिएको छ। अधिकांस घरका कम्पाउन्डहरु ढलेका छन्।

sampada14

यसैगरी, विश्व सम्पदा सुचीमा रहेका भक्तपुर दरबार क्षेत्रको पाँच तले मन्दिरको गजुरसहित एउटा तला झरेको छ भने च्यामासिंहको मुल प्रवेशद्धार भत्किएको छ भने त्यहाँका पुराना अधिकांस घर भत्कन पुगेका छन्। भक्तपुरका गल्लिहरुमा घर ढलेका कारण कहाँ कति क्षती भयो भन्ने कुनै यकिन बिबरण आउन सकेको छैन।

CSK 5421
प्रारम्भिक बिबरण अनुसार काठमाडौं उपत्यका भित्र र काँठ क्षेत्रका कच्ची र माटाका घर भने ७० प्रतिशत बढीमा क्षती भएको छ भने पक्की घरहरु चर्केका र भत्केका धेरै दृश्य देखिएका छन्। कहाँ कति घर, भवन, सम्पदा सुची, पार्टी, पौवा र देवलहरु ध्वस्त भएका र चर्केका छन भन्ने बिबरण यकिन हुन भने अझै सकेको छैन।

तस्बिरहरु : चन्द्रशेखर कार्की, विजय राई, मदन चौधरी, दिपेश श्रेष्ठ, प्रतीक रायमाझी।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App