फोटो फिचर

जुजुभाइले सातौं पटक जिब्रो छेडे

भक्तपुर-बोडेका जुजुभाइ श्रेष्ठले लगातार सातौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले बुधबार दिउँसो उनले जिब्रो छेडेका हुन्। नेवारी संस्कृति अनुसार देवगणको पूजा गरी जुजुभाइलाई नायखि बाजा बजाउँदै ल्याएर मञ्चमा राखिएको थियो।

त्यसपछि सयौं व्यक्तिको अगाडि उनले जिब्रो छेडेका थिए। जिब्रो छेडेपछि बाँस र निगालोले बनेको अर्धचन्द्रकार महाद्वीप (भ्यय) बालेर काँधमा बोकाइ उनलाई बोडेको टोल–टोल घुमाइयो।
ju ju vai
टोलटोल घुमाइ सकेर पाँचौ गणेशको रथलाई भागुटोलस्थित महालक्ष्मी मन्दिरमा पुर्याएपछि कर्मी नाइकेले जुजुभाइको जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिए। नाइके कर्मीले उक्त सियो गणेश मन्दिरमा ठोकिदिएका छन्।
ju ju vai 2
३४ वर्षीय श्रेष्ठले संस्कृति जोगाउनैका लागि जिब्रो छेड्न तयार भएको बताए। किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा राक्षसले दुःख दिएको र त्यसैलाई पक्रेर स्थानीयले घुँघरुमा बाँधेर जिब्रो छेडेको उल्लेख छ। त्यसैको प्रतीकस्वरुप यो जात्रा चलनमा आएको मान्यता छ।

ju ju vai 3

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App