सोही परम्परा अनुरुप भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा शुक्रबारबाट सुरू भएको छ। नौ दिन आठ रातसम्म मनाइने यो जात्राको पहिलो दिन भक्तपुरको टौमडीमा भैरव र भद्रकालीको रथ ताने सँगै सुरू हुन्छ।
काठैकाठले बनेको प्यागोडा शैलीको ३५ फिट अग्लो तीनतल्ले रथमा भैरवनाथको मूल मूर्ती र बेताल देवताको मूर्तीलाई राखेर न्यातपोलस्थित पाँचतल्ले मन्दिरको प्रांगणबाट रथ तान्न सुरू गरिन्छ।
रथ निर्माणका लागि आवश्यक काठ फेर्न मकवानपुरको मनहरी जंगलबाट काठ ल्याउने गरिएको छ।
तस्बिरहरु : उपेन्द्र लामिछाने