फोटो फिचर

पाथीभरामा तीर्थयात्रीको लर्को

इलाम-उचाई–३ हजार ७ सय ९४ मिटर। तापक्रम–प्राय : शून्य डिग्री। देखिने ठाउँ– पूर्वी नेपालका धेरैजसो भू–भाग। नजिकका हिमाल– कञ्चनजंघा, कुम्भकर्ण, ल्होत्से र काङ्बाचेन। यो ताप्लेजुङको पवित्र तीर्थस्थल पाथीभरा चिनाउने एउटा पाटो हो। बारम्बार आगलागीको चपेटामा पर्ने सदरमुकाम फुङ्लिङ बजारबाट झण्डै २० किलोमिटर उत्तरमा पर्ने पाथीभराको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व अझ ठूलो छ।

पाथीभरा दर्शनपछि फर्कंदै तीर्थयात्री।

प्यागोडा शैलीको मन्दिर रहेको पाथीभरा अचेल सबै धर्मावलम्बीले पाइला पुर्या उन चाहने धार्मिक गन्तव्य हो। यो देशका प्रमुख शक्तिपीठमध्ये एउटा हो। यहाँ भगवती अर्थात देवीको मूर्ति छ। चिसो सिरेटो चलिरहने पाथीभरामा आजकल बाह्रैमास तीर्थयात्रीको लर्को लाग्छ। आठ बर्षदेखि मन्दिरमा पूजारी रहेका टिकाराम पौड्याल भन्छन्, ‘पाथीभरामा थोरबहुत जति होस्, तीर्थयात्री नआएको कुनै दिन हुँदैन।'

पाथीभरा पुगेर फर्कंदै बुढापाका।

हिउँ राम्ररी नपग्लिएको अवस्थामा खाली खुट्टै पूजा गर्ने तीर्थयात्रीको लर्को देख्दा पाथीभराप्रतिको धार्मिक आश्था र विश्वास अनुमान गर्न सकिन्छ। केही बर्षयता फुङलिङभन्दा आठ किमीमाथि अर्थात् सुकेटारसम्मै कालोपत्रे र तल्लोफेदीसम्म्मै कच्ची सडक बनेपछि पाथीभरा दर्शन गर्ने तीर्थयात्रीको चाप बढेको हो। रामनवमीका दिन यसपल्ट सबैभन्दा धेरै अर्थात १६ हजार तीर्थयात्री पाथीभरा आइपुगेका थिए।

पाथीभरा मन्दिर पुग्नुअघिको उकालो।

गाडीबाट ओर्लेपछि ठाडो उकालो पार गरेर मन्दिर पुगिने भए पनि पाथीभरामा पाइला राख्न नचाहने कोही देखिँदैन। यहाँको भीड देख्दा को आउँछ भन्दा पनि को आउँदैन जस्तो लाग्छ। हिन्दुका अतिरिक्त बौद्ध, किराँत र क्रिश्चियन धर्मावलम्वीसमेत पाथीभरामा आइपुग्छन्।


पाथीभरा मन्दिरमा चढाइएको भेटी।

पाथीभरा मन्दिरको भगवतीको मूर्ति।

पाथीभरा मन्दिरमा तीर्थयात्रीको पूजाअर्चना।

पाथीभरा मन्दिर जाँदै दम्पती।

पाथीभरा मन्दिर परिसरमा बलि दिने तयारी।

पाथीभरा मन्दिरसम्मै धागो टाँग्नेक्रम।

पाथीभरा दर्शनपछि तोङ्वा तान्दै तीर्थयात्री।

पाथीभरा जाँदै तीर्थयात्रीका गाडी।

पाथीभरा जाने तीर्थयात्रीका लागि तल्लोफेदीमा टेन्ट।

पाथीभराबाट फर्कंदै तीर्थयात्रीहरु।

पाथीभराबाट ओरालो लाग्दै तीर्थयात्री।

पाथीभरा जाने बाटोमा थापिएको दोकान।

पाथीभरा दर्शनार्थीलाई बेच्न राखिएका सामग्री।

सबै तस्बिर : बेनुपराज भट्टराई