फोटो फिचर

भारतसँग नेपालको गोलरहित बराबरी

काठमाडौं— नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा भारतलाई बराबरीमा रोकेको छ। खेलको अधिकांश समय भारतलाई दवाबमा राखेको नेपालले गोल भने गर्न सकेन।

पहिलो हाफदेखि नै नेपालले आक्रमक खेल प्रदर्शन गरेको थियो। सुरुदेखि नै गोल पोजिसन राम्रो बनाएको नेपालले अन्तिम समयसम्म संघर्ष गर्दा पनि गोल गर्ने मौकाको सदुपयोग गर्न सकेन।

गुहावटीमा बिहीबार सम्पन्न पहिलो लेगमा पराजित नेपाली टोलीसामु अगाडि बढ्न दशरथ रंगशालामा ३–० ले खेल जित्‍नुपर्ने स्थिति थियो। तर २-० अगाडि रहेको अवस्थामा नेपालसँग बराबरीको परिणाम निकालेपछि भारत दोस्रो चरणमा पुगेको छ।

                                                      तस्बिरहरु: विजय गजमेर

***

६६' भारतीय टोलीका सुनिल क्षेत्रीले निकै खतरनाक प्रहार गरेका थिए। तर गोल हुन सकेन।

५१' विमल घर्तीमगरलाई भारतीय खेलाडीले फल गर्दा नेपालले पेनाल्टी अपिल गरेको थियो। तर रेफ्रीले दिएनन्।

४८' गोलको फिनिसिङमा नेपाली खेलाडीहरुको कमजोरी देखिएको छ।

४७' नेपालले कर्नर पाएको छ। गोल गर्न निकै राम्रो अवसर भए पनि सदुपयोग हुन सकेन।

२२' विक्रम लामालाई लडाए बापत् भारतीय खेलाडीले पहेँलो कार्ड पाएका छन्। नेपालले मध्य भाग नजिकै फ्रि किक पायो। तर गोल गर्ने अवसर जुटाउन सकेन।

१५' पन्ध्र मिनेटको खेल सकिँदा नेपालले दुई वटा फ्रिकिक पाएको छ। खेलमा हावी हुन नेपाली खेलाडी प्रयासरत छन्।

१३' आज दशरथ रंगशालामा खेल जित्न नेपाललाई दर्शकको हौसला छ। लगातार ७ अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रदर्शन खराब रहँदै आएको छ। त्यसमा पूर्णबिराम लगाउने दाउमा नेपाल छ।

८' भरत खवासले पोल नजिकैबाट हानेको प्रहार पोल नजिकैबाट बाहिरिएको छ।

६' नेपालले डि बक्स क्षेत्रमा पाएको फ्रि किकमा गोल हुने सम्भावना थियो। सन्दीप राईले प्रहार गरेको बल बिमभन्दा माथिबाट बाहिरियो। भोला सिलवाललाई भारतीय खेलाडीले लडाएपछि नेपालले फ्रि किक पाएको थियो।

 

घरेलु मैदानमा नतिजा उल्ट्याउने नेपालको रणनीति