फोटो फिचर

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर)

२०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो। बस्ती बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्षपछि पनि अझैं टेकोमा अडिएको छ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको टेको हटेको छैन। कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको टेको समेत देख्न सकिन्छ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो। यसरी लगाइएका टेकाहरु किन हट्न सकेन, टेका लगाइएका घरहरुको पुनर्निर्माण किन भएन? खोज्नुपर्ने विषय छ।

 

प्रकाशित: २२ माघ २०७८ ०९:३० शनिबार