फोटो फिचर

कपास कारखानाको आगलागी

भक्तपुर-अनन्तलिङ्गेश्वर नगरपालिका–१ मा गएराति भीषण आगलागी हुँदा ३३ लाखभन्दा बढीको क्षति हुनाका साथै दमकल चालक रञ्जित श्रेष्ठको मृत्यु भएको छ। बालकोटमा रागिनी आर्ट ग्यालरीसँगै रहेको कपास कारखानामा राति ९ बजे अचानक आगलागी भएको थियो।

कृष्ण सिलवालको करिब तीन रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि कपास कारखाना सञ्चालन गर्दै आएका जिरी–६ दोलखाका जितबहादुर खड्काले सञ्चालन गरेको कपास कारखानामा लागेको भीषण आगलागी मध्यराति २ बजे मात्रै नियन्त्रणमा आएको थियो। 



आगलागी भएलगत्तै स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास गरे पनि चारैतिरबाट एकै पटक कारखानामा दन्किएकाले निभाउन असफल भएका थिए।

 

आगलागी भएलगत्तै खबर गरे पनि ४५ मिनेटपछि मात्रै दमकल आएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै दमकललाई ढुङ्गा प्रहारसमेत गरेका थिए। स्थानीयवासीले सम्झाएपछि दमकलले करिब पौने १० बजेदेखि आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, भक्तपुर, काठमाडौं महानगरपालिक र ललितपुर उपमहानगरपालिका, नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाका दमकलले आगो नियत्रन्त्रणका लागि प्रयास गरेका थिए।

सबै तस्बिर : दिपेश श्रेष्ठ