१२ देशका सुन्दरीहरूको सहभागिता रहेको कार्यक्रममा युगान्डाकी फ्लोरेन्स नामवासे टुरिजम एम्बेसडर, जिम्बावेकी जिन्हले ड्युब कल्चरल एम्बेसडर, बंगालादेशकी सुल्ताना राका मिस फोटोजेनिक, जाम्बियाकी डोमिया लिहोने मिस कन्जिनियालिटी, रुसकी सेबोरोनिना मिस इन्टरनेसनल युरोप र नेपालकी नानी थापा मिस इन्भाइरोन्मेन्टल घोषित भए। जिम्बावेको सिपिती मिडियाले गर्दै आएको प्रतियोगिता पहिलोपल्ट नेपालमा आयोजना गरिएको हो। नेपालमा आयोजनाको जिम्मा ई–प्लानेट नेपालले पाएको थियो। नगरकोटमा उनीहरूले बिकिनी राउन्डअन्तर्गत बिकिनीमा फोटोसुट पनि गरेका थिए।
सबै तस्बिरः शिवलाल श्रेष्ठ