भुरुङ तातोपानीमा भेटिएकी एक महिला। उनले थुन्सेमा तरकारी बोकेकी थिइन् ।
मुस्ताङ जाने यात्रु कालीगण्डकीको तिरैतिर उकालो लाग्छन्।
म्याग्दीको दाना गाविस स्थित रुप्छे झरना। यसैको मुन्तिर कालीगण्डकीको गहिरो गल्छी रहेको छ।
लेतेमा भेटिएका भेडाको बथान।
लेतेबाट देखिएको नीलो आकाश।
सडक र बजुली सुविधा पुगेको लेतेबाट देखिएको हिमालको दृश्य ।
मुस्ताङबाट बेनीतर्फ झर्दै गरेका साइकल यात्री।
जोमसोम नपुग्दै भेटिन्छ कालीगण्डकीको बगर। यो बगर हुँदै सवारी साधन मुस्ताङ सदरमुकाम जोमसोम पुग्छन्।
कालीगण्डकीको बगर।
मुस्ताङको कागबेनी। पितृलाई तर्पण दिनका लागि यो ठाउँ प्रख्यात छ। वर्षेनी यहाँ नेपाल र भारतबाट हजारौं श्रद्धालु पर्यटक आउने गर्छन्।
कागबेनी।
कागबेनी गाउँ।
मुक्तिनाथ परिसर।
मुक्तिनाथका १०८ धारा।
मुक्तिनाथ मन्दिर।
मुक्तिनाथको पछाडिबाट देखिने पहाड।
मुक्तिनाथमा तिर्थयात्रीले बनाएका ढुंगाका सांकेतिक घर।
मुक्तिनाथको अगाडिबाट देखिने हिमाल।
मुक्तिनाथबाट देखिने हिमश्रृङ्खला।
मुस्ताङको झारकोट।