आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र युगान्डाबीचको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो। २२४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको युगान्डाले ४४.१ ओभरम सबै विकेट गुमाएर १६१ रन बनाउन सक्यो।
आजको खेलमा नेपालका लागि शक्ति गौचनले २, बसन्त रेग्मीले २, सागर पुनले १, भुवन कार्कीले ४ र सोमपाल कामीले १ विकेट लिए।
यसअघि ब्याटिङ गर्दै तीन जना नेपाली खेलाडीले अर्धसतक पूरा गरेका थिए। नेपालले ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलको अनुपस्थितिमा सागर पुन र नरेश बुढायरले सुरुवाती ब्याटिङ गरेका थिए। दुवैले अर्धसतक बनाए। नरेशले ७३ बल खेल्दै ५१ रन जोडेर आउट भए भने ९९ बल सामना गरेका सागर ६४ रनमा पेभेलियन फर्के। उपकप्तान ज्ञानेन्द्र मल्लले ६५ बलमा ५६ रन बनाए। युगान्डाका सु बुगाले कप्तान पारस खड्कालाई आउट गरेका थिए। पारसले २१ बल खेल्दै एक छक्कासहित १३ रन मात्र जोड्न सके भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
युगान्डाका आरजी मुकासाले ३.५ ओभर बलिङ गर्दै नेपालको ६ विकेट लिएका थिए।
मलेसियामा जारी डिभिजन ३ को फाइनलमा पुगेका नेपाल र युगान्डा डिभिजन २ मा बढुवा भइसकेका छन्।
युगान्डासँगै २० रनले पराजित हुँदै मलेसिया यात्रा थालेको नेपालले त्यसपछिका सबै खेलमा अपराजित हुँदै च्याम्पियन बन्न सफल भयो। लिगको अन्तिम खेलमा बुधबार आयोजक मलेसियालाई डकवर्थ लुइस पद्धतिका आधारमा ३६ रनले हराएपछि नेपालले डिभिजन २ बढुवाको औपचारिकता पूरा गरेको हो। युगान्डा पनि डिभिजन २ मा बढुवा भएको छ।

फाइनलका तस्बिरहरु
सबै तस्बिर सौजन्य : अाइसिसी
यो पनि