फोटो फिचर

एमाले महाधिवेशनः अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्। शनिबार बन्दसत्र सुरु हुँदै गर्दा नेता रावलले प्रतिनिधिहरूमाझ भाेट मागेका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउका लागि शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए। अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने गरी नेता रावललाई प्रस्ताव गरे पनि उनले अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिएका छन्।

 

प्रकाशित: ११ मंसिर २०७८ १०:५४ शनिबार