फोटो फिचर

सर्वोच्चमा कानुन व्यवसायीको जुलुसमा झडप, केही व्यक्ति पक्राउ (फाेटाेफिचर)

नेपाल बार एसोसिएसनका कानुन व्यवसायीको जुलुसमा झडप भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन गरिएको जुलुसका क्रममा झडप भएको हो।

त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको थियो। झडपमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

 उनीहरुको सर्वोच्च अदालत अगाडिको सडकमा आन्दोलन जारी छ। उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नारा लगाएका छन् । कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन्। सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन्।

प्रकाशित: २६ कार्तिक २०७८ ०५:०१ शुक्रबार