फोटो फिचर

तानसेनमा माउन्टेन साइक्लिङ

पाल्पा– तानसेनमा शनिबार माउन्टेन साइकल रेस प्रतियोगिता भएको छ। प्रतियोगितामा विश्व स्तरीय रेसहरूमा सहभागी भएर विजेतासमेत भएका साइक्लिस्टहरू सहभागी थिए। नेपालीसहित हङ्कङ, अमेरिका, भारत, बेलायतलगायत देशका प्रतियोगी सहभागी भएको आयोजक टोलीका सदस्य सदस्य जय कक्षपतिले जनाए।
साहसिक खेलका लागि गरिएका नयाँनयाँ सम्भाव्यता अध्ययन क्रममा विश्वमै नेपाल एक आकर्षक गन्तव्यका रूपमा अगाडि आएको छ। पाल्पामा यस्ता धेरै सम्भावनाका क्षेत्र छन्, जो विस्तारै प्रकाशमा आउँदैछन्। यस्तै मध्येको एक माउन्टेन साइकल रेस हो। यो सम्भावनालाई फैलाउन तानसेनमा प्रतियोगिता गरिएको आयोजक संस्थाले जनाएको छ।
स्विचब्याक प्रालिले आयोजना गरेको पाल्पा अर्वान डाउन हिल रेस नाम दिइएको प्रतियोगितामा ३० भन्दा बढी प्रतियोगी सहभागी भए।
स्थानीय स्तरमा संयोजनकारी भूमिकामा रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाटा) पाल्पाका प्रतिनिधि सागर महर्जनले यस्ता आयोजना स्थानीय स्तरमै निरन्तर गर्ने प्रयत्नमा जुटेको बताए। तानसेन श्रीनगरबाट सुरु भएको साइकल रेस काजीपौवामा पुगेर टुंगिएको छ। यो झन्डै दुई किलोमिटरको दूरी हो।
 
 
 
 
 
 
 
 
 
 
 
 

सबै तस्बिर : टेकनारायण भट्टराई