फोटो फिचर

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

 

धानमा बाला नलागेपछि र लागेको बाला पनि भूस भएपपछि माइतीघरमा किसानहरुले विरोध प्रदर्शन गरेका छन्। 

उनीहरुले गुणस्तरहीन धानको बीउका कारण वर्षभरको कमाइ खेर गएको भन्दै त्यसको क्षतिपूर्ति दिनसमेत माग गरेका छन्।

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता  र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।

सो क्रममा उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र धानको बोटसहित विभिन्न नारा लगाएका थिए।

तस्बिर : विजय राई

प्रकाशित: १६ कार्तिक २०७८ ११:३० मंगलबार

धानमा बाला माइतीघर