फोटो फिचर

झण्डै दुई महिनापछि गुड्न थाले सार्वजनिक सवारीसाधन(फोटोफिचर)

झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्। तोकिएका स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन्।

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो। सुरुआती दिनमा कडाइका साथ लागू गरिएको निषेधाज्ञालाई संक्रमणको दर कम हुँदै गएपछि खुकुलाे बनाइएको छ।

निषेधाज्ञा खुकुलो भएपछि सर्वसाधारणहरु आफ्नो काम तथा व्यवसायमा फर्किन थालेका छन्। सडकहरुमा सवारीसाधनको चाप पनि बढेको छ।

 

प्रकाशित: १५ असार २०७८ ०९:५५ मंगलबार

सार्वजनिक सवारीसाधन