फोटो फिचर

बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र (तस्बिरहरु)

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। बाढीले घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बगाएको छ।  खोलाले जताजतै सडक र नदी योग्यजमिन बगाएको छ। नदी आसपाका आधा दर्जन भन्दाबढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ। 

बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाडिएको छ। बाढीको बितण्डा सुरु भएसँगै मंगलबार साँझदेखि बिजुली बत्ती छैन। सबैका मोबाइल फोन स्वीच अफ छन्। सञ्चारका कुनै साधनले काम गरेका छैनन्। हेलम्बु राजमार्ग अवरुद्ध छ। 

प्रकाशित: २ असार २०७८ १२:२४ बुधबार