फोटो फिचर

म्याग्दीमा धान रोपाईको चटारो (फोटो फिचर)

तस्बिर सौजन्य: अनुप बानियाँ

म्याग्दीको बेनी नगरपालिका–५ सेताढुङ्गामा धान रोपाईमा ब्यस्त स्थानीय। कोरोना भाइरसको दोस्रो लहरसँगै सहरबजार सुनसान भएपनि ग्रामिण क्षेत्रमा निरन्तर भइरहेको वर्षासँगै धान रोपाईको चटारो सुरू भएको छ। मध्य असार जस्तै किसानलाई व्याडमा राखेको बिउ काढ्नमा व्यस्त छन्।

रोपाराले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ ।कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनिरहेको छ।  

जिल्लाभर यो वर्ष गतवर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ । गएको वैैशाख २३ गतेदेखि जारी निषेधाज्ञा (लकडाउन) मा समेत आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन्।

 कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ।

प्रकाशित: ३० जेष्ठ २०७८ १४:०२ आइतबार

म्याग्दीमा धान रोपाईको चटारो