काठमाडौं– तामाङ समुदायले आफ्नो नयाँ वर्ष २८५० औं ‘सोनाम लोछार’ शुक्रबार विभिन्न कार्यक्रमसाथ मनाएको छ। नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न राजधानीको टुँडिखेलमा उनीहरूले महोत्सवसमेत आयोजना गरियो। सो पर्वमा घोडा वर्षलाई स्वागत गरिन्छ। आज रातिसम्म सर्प वर्ष चलिरहेको र त्यसलाई बिदाइ गरिन्छ। उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ। पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ।