हिमालपारिको जिल्ला मुस्ताङमा बाक्लो हिउँ परेको छ। हिउँ परेपछि सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा ह्वात्तै चिसो बढेको छ। हिउँले भरिएर जोमसोम बजार सहित आसपासका डाँडाकाँडा सेतै भएका छन्। हिउँले जोमसोम विमानस्थल सहित आसपासका डाँडाकाँडा ढाकेको थियो।
तस्बिर सौजन्यः सुर्यबहादुर खत्री