फोटो फिचर

भैरव रथको भव्य यात्रा (फोटोफिचर)

भक्तपुरको टौमढीमा शनिबार दिउँसो भैरवनाथको रथ तानेर प्रसिद्ध बिस्का जात्रालाई स्वागत गरिएको छ। कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयसंगै जात्रा सुरु भएको हो।

पाँंचतले मन्दिर अगाडि राखेर काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको भव्य रथलाई डोरीको सहायताले होस्टे हैसे गर्दे सर्वसाधरणले सभ्य तरिकाले तान्दा जात्राको यात्रा सहज बनेको छ। भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार बोलाइएको सरोकारवालाको बैठकले भैरवनाथको रथ दिनको २ बजेदेखि तान्न सुरु गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न दिने निर्णय गरेको थियो।

कोभिडको त्रासका कारण सजगता अपनाइएको यस जात्रामा सर्वसाधरणको उत्साहमा भने केही कमि देखिएन।

 

 

प्रकाशित: २८ चैत्र २०७७ ११:४३ शनिबार

भैरव रथको भव्य यात्रा भक्तपुरको टौमढी बिस्का जात्रा