फोटो फिचर

उपत्कामा यस्तो देखियो गाईजात्रा (फोटो फिचर)

काठमाडौं— दिवङ्गत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा काठमाडौं उपत्यकामा मनाइएको छ। पाटन र काठमाडौंभन्दा भक्तपुरमा केही भिन्न ढंगले गाईजात्रा मनाइएको छ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न धेरै मान्छे भक्तपुर पुगे। आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ।

काठमाडौंको वसन्तपुर, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र पुगेर नागरिकन्युजकर्मीले खिचेका तस्विर हेर्नुहोस्।

बसन्तपुरको गाईजात्रा। तस्विरः केशव थोकर

भक्तपुरको गाईजात्रा। तस्विरः उपेन्द्र लामिछाने

 

पाटनको गाईजात्रा। तस्विरः विजय राई