फोटो फिचर

म्यानमारमा हिंसात्मक दमनविरुद्ध नागरिक अभियन्ताको प्रदर्शन

म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा काठमाडाैं स्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ। शुक्रबार बृहत् नागरिक आन्दोलनको अभयन्ताहरूले ललितपुरस्थित नक्खुमा रहेको दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि  हाल सम्म  ५४ मानिस मारिएका छन् भने एक हजार ७ सयभन्दा बढीलाई पक्राउ परेको सञ्चारमाध्यमहरुले जनाएका छन्। सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन्।  

प्रकाशित: २१ फाल्गुन २०७७ ०७:०९ शुक्रबार