फोटो फिचर

संसद विघटनविरुद्ध जसपाको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीको कमद असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै जसपाले काठमाडौंमा प्रदर्शन गरेको हो। शान्तिबाटिकाबाट शुरू भएको जुलुसलाई शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतले नेतृत्व गरेका छन्।  

तस्बिर : विश्वदीप पाण्डेको फेसवुकबाट

संसद विघटन जसपा आन्दोलन