फोटो फिचर

संविधानमाथि प्रहार, इतिहासकै ठूलो अत्याचार !

नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनहीहरूले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा शनिबार प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली अंकित तस्वीरलाई मुकुण्डोका रूपमा प्रयोग गरेका थिए। तस्वीरको तल केपीवादलाई रोकौं लेखिएको थियो।

प्रदर्शनकारीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘जनादेशको हत्या’, ‘संविधानमाथि प्रहार, इतिहासकै ठूलो अत्याचार’, जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।  

बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। जसअनुसार आजदेखि पुस १८ गतेसम्म दिन बिराएर प्रदर्शन हुनेछ।

तस्बिरमा हेर्नुस्  

प्रकाशित: ११ पुस २०७७ १०:३१ शनिबार